
काठमाडौं : रोजगारीका लागि मलेसिया गएका एक नेपाली युवकको हत्या भएको छ ।
सिराहाका रुपेश यादवको छुरा (चक्कु) प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले गए राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।
साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।