भेनेजुएलाका राष्ट्रपति निकोलसको जहाज अमेरिकी कब्जामा

२०८१ भाद्र १८, मंगलवार

काठमाडौँ : भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज अमेरिकाले कब्जामा लिएको छ । १३ मिलियन अमेरिकी डलर अवैध रूपमा लगेको भन्दै अमेरिकाले मदुरोको जहाज कब्जामा लिएको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार फाल्कन ९००-ईएक्स जहाज डोमिनिकन गणतन्त्रमा अमेरिकाले कब्जामा लिएको हो । उक्त जहाजलाई अहिले अमेरिकी राज्य फ्लोरिडा पठाइएको पनि बीबीसीको समाचारमा उल्लेख छ । उक्त जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भने भएको छैन ।

ट्य्राकिङ डेटाबाट उक्त जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ । भेनेजुएलाले भने अमेरिकी कारबाहीको निन्दा गर्दै ‘चोरी’ को संज्ञा दिएको छ । भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले ‘विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठहर्‍याएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले भने अमेरिकी निर्यात नियन्त्रण प्रतिबन्ध कानुनको उल्लंघन गरेको आरोपमा जहाजलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार