गृहमन्त्रीसँग रामगोपालपुर नगरपालिका २ का वडाध्यको मृत्युको छानविन सीआईबीबाट गर्न माग

२०८१ भाद्र १८, मंगलवार

काठमाडौँ : महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट गर्न सर्वपक्षीय समितिले गृहमन्त्रीसँग माग गरेको छ।

नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताले गृहमन्त्री रमेश लेखकलाई भेटेर घटनाको छानविन गर्न माग गरेका हुन्।वडाध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो।

गृहमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा मोटरसाइकल दुर्घटना यादवको मृत्यु भएको नभई हत्या भएको हुनसक्ने आशंका गरिएको छ। सर्वक्षीय समितिले पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि घटनाको अनुन्धानको लागि पहल गर्न आग्रह गरेका छन्।

अध्यक्ष प्रचण्ड र गृहमन्त्री लेखकलाई एकै बेहोराका ज्ञापन पत्र बुझाउँदै समितिले घटनाको छानविन सीआईबीबाट गर्न माग गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार