सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

२०८१ भाद्र १८, मंगलवार

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि १५ दिन थपिएको छ।

समितिको निर्णयअनुसार तथ्य प्रमाणको पुष्टि गरी प्रतिवेदन निर्माण गर्न प्रतिनिधिसभाले १५ दिन समय थपेको हो। १५ जेठमा प्रतिनिधिसभाले तीन महिनाको कार्यावधि दिएर समिति गठन गरेको थियो। समितिले २३ जेठदेखि काम थालेको थियो।

समितिले अपचलनमा जोडिएका ५० जना व्यक्तिसँग सोधपुछ गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए। आफ्नो कार्यादेशभित्र रही छानबिनसँग सम्बन्धित कार्यहरू तीव्रगतिमा गर्दैगर्दा पनि समितिको कार्यावधि यही भदौ २२ गते समाप्त हुने हुँदा सहकारी बचतकर्ताको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्य थप पुष्टि र पुनर्पुष्टि गर्नसमेतका कार्य गर्न समय अपर्याप्त भएको हुँदा थप समय मागको प्रस्ताव गर्ने भनी समिति बैठकबाट निर्णयसमेत भएकोले यस समितिलाई १५ दिनको समयावधि थप हुन सभासमक्ष प्रस्ताव पेस गर्दछु,’ सभापति थापाले बैठकमा भने।

उनले राखेको प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मत स्वीकृत गरेसँगै समितिको समय १५ दिन थपिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार