झरनामा फोटो खिच्दा खोलाले बगाएका दुई जना मृत भेटिए

२०८१ भाद्र १८, मंगलवार

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटो/भिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार जनामध्ये दुई जना मृत फेला परेका छन्।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत फेला परेको प्रहरी निरीक्षक (एन्स्पेक्टर) दीपेन्द्र रावलले जानकारी दिए। सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार