
काठमाडौँ : धितोपत्र बजार शेयर कारोबारमा लगातार दुई दिन बढेको नेप्से बुधबार ९०.७३ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव २० अंकले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ अंकमा झरेको छ । मंगलबार नेप्से २८३०.१६ अंक रहेको थियो ।
बुधबार १२अर्ब ९२ करोड ५६ लाख८८हजार २१५ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३ अर्ब ४० करोड ९,६ लाख १५ हजार २८८ बराबरको कारोबार भएको थियो ।
बुधबार ३२० वटा कम्पनीको कारोबार हुँदा ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । त्यसैगरी १ कम्पनी शेयर मुल्य स्थीर रहेको छ ।