लुम्बिनी प्रदेशमा दियो तीजको दिन सार्वजनिक बिदा

२०८१ भाद्र १९, बुधबार

बुटवल : लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तीजको दिन भदौ २१ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णयअनुसार हरितालिका (तीज) ब्रतको अवसरमा लुम्बिनी प्रदेशभर शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए ।

सरकारले बुधबार सूचना जारी गर्दै प्रदेश सरकारको वार्षिक बिदा अनुसार शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार