१० हजारको निहुँमा गयो तुलसाको ज्यान

२०८१ भाद्र २२, शनिबार

इटहरी : गत मंगलबार सुनसरीको इटहरीबाट खिलाप्रसाद जमरकट्टेल कानेपोखरी–४ कि तुलसा पाण्डेको घरमा सापटी दिएको पैसा फिर्ता माग्दै पुगे ।

सापटी दिएको १० हजार फिर्ता गर्न भन्दै जमरकट्टेल पौडेलको घरमा गएका थिए । पाण्डेले पैसा नलिएको जवाफ दिइन् । दुई जनाबीच भनाभन भएपछि जमरकट्टेल घर फर्केका थिए । बुधवार श्रीमती इन्द्र कुमारीलाई लिएर जमरकट्टेल फेरि तुलसाको घरमा गए । लेनदेनकै विषयलाई लिएर तुलसा र इन्द्र कुमारीबीच केहीबेर भनाभन भएको इलाका प्रहरी कार्यालय पतरीका प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताए ।

भनाभनकै क्रममा दुई जनाले झगडा गरेको डीएसपी श्रेष्ठले बताए । ‘दुवै जनाले एकले अर्काको कपाल भुत्ल्याएछन्,’ डीएसपी श्रेष्ठले भने, ‘झगडा भएको १० मिनेटपछाडि २८ वर्षीया तुलसाले आत्महत्या गरिछिन् ।’ तुलसाका श्रीमान् भरत भने गत सोमबार मात्रै वैदेशिक रोजगारीबाट घरमा आएका थिए । तुलसाले आत्महत्या गरेपछि उनका माइती पक्षले खिलाप्रसाद र इन्द्र कुमारीलाई आत्महत्या दुरुत्साहन गरेको भन्दै जाहेरी दिएका छन् ।

जाहेरी परेपछि खिलाप्रसाद र इन्द्र कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पतरीका प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए । ‘१० हजार पैसाको विषयमा विवाद बढ्दै गएर हात हालाहालको अवस्था बनेको रहेछ,’ इलाका प्रहरी कार्यालय पतरीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘माइती पक्षले जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार