पहिरोबाट खसेको ढुंगाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते

२०८१ भाद्र २२, शनिबार

डोटी : डोटीमा पहिरोबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका– ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो । कौमतीदेवीको उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । कौमतीदेवी शनिवार माइती जान घरबाट हिँडेकी थिइन् । उनको माइतीघर आदर्श गाउँपालिका– ६ सवखोलामा रहेको छ । सोहीबेला पहिरो खसेर उनलाई ढुंगाले लागेको थियो ।

ढुंगाले लागेर कौमतीसँगै रहेकी उनकी नातिनी पर्ने १२ वर्षीया भुवनेश्वरी ऐर पनि घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार