जनयुद्ध महान थियो भने किन छाडेको ? : प्रधानमन्त्री ओली

२०८१ भाद्र २३, आईतवार

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धको पैरवी नगर्न चेतावनी दिएका छन् ।

शनिवार उनले जनयुद्ध महान थियो भने किन छोडेको भनेर पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई प्रश्नसमेत गरे । २१ औं निजामती सेवा दिवसको अवसरमा काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो । त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ?’उनले सत्ता छोड्नुपरेको आक्रोशमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जथाभावी नबोल्नसमेत चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले निजामती सेवा विधेयकलाई सबैको सहमतिमा अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘छलफलमार्फत यस विधेयकलाई अघि बढाउनुपर्ने छ, संसदबाट पास गर्नुपर्नेछ । टीआरसीमा पनि हामी छलफलमार्फत नै अघि बढेका हौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार