अर्विन्द केजरीवाल चाँडै मुक्त हुने

२०८१ भाद्र २३, आईतवार

काठमाडौं ।: आम आम्दी पार्टी, आपले अर्विन्द केजरीवालविरूद्ध मदिरा नीति घोटाला अस्वीकार गरेको छ । आफ्नो पार्टीलाई ‘दृढ रूपमा इमानदार’ रहेको भन्दै आपले शनिबार सीबीआईको त्यो आरोप अस्वीकार गरेको हो ।

सिआईबीले पार्टीका प्रमुख अर्विन्द केजरीवालाई सुरुदेखि नै दिल्ली मदिरा नीतिको निर्माण र कार्यान्वयनको ‘अपराधिक षड्यन्त्रमा सामेल’ भनेको थियो।

एक वक्तव्यमा, पार्टीले केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपामाथि आप नेताहरूविरूद्ध ‘झूटा आरोपहरू’ लगाएको आरोप पनि लगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

‘५०० जना साक्षीलाई सोधपुछ गर्दा र ५०,००० पृष्ठको दस्तावेज पेश गर्दा पनि एक रुपैयाँको भ्रष्टाचार कुनै पनि आप नेतामा फेला परेको छैन,’ वक्तव्यमा भनिएको छ – हामी दृढ रूपमा इमानदार पार्टी हौं। भाजपा र यसको निकायहरूले कुनै प्रमाण नभए पनि उनको (केजरीवालको) गिरफ्तारीलाई लामो समयसम्म लम्ब्याउन हरेक प्रयास गरिरहेका छन्। तर अन्तमा सत्यको विजय हुनेछ र अर्विन्द केजरीवाल चाँडै मुक्त हुनेछन् ।

दिल्लीका मुख्यमन्त्रीको नेतृत्वमा रहेको पार्टीले सर्वोच्च अदालत र प्रवर्तन निर्देशनालय (इडी) को ट्रायल अदालतले सीबीआईमाथि प्रश्न उठाएको पनि जनाएको छ । जसले यस केसमा पाँचौं र अन्तिम आरोपपत्रमा केजरीवालविरूद्ध आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार