युट्युब हेर्दै पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु, डाक्टर फरार

२०८१ भाद्र २४, सोमबार

काठमाडौँ : भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि कथित एक डाक्टर फरार भएका छन् ।

सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए । पित्त थैलीमा पत्थरी रहेको भन्दै डाक्टरले बालकको अप्रेसन गरेका थिए । यस क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका छन् ।

मृतकका हजुरबुबाले जनाए अनुसार डाक्टरले युट्युबमा भिडियो हेर्दै अप्रेसन गरेका थिए । आफूले डाक्टरलाई यसबारे सोध्दा उल्टै हप्काएको मृतकका हजुरबुबाले बताएका छन् । किशोरको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि डाक्टरले नै एम्बुलेन्स बोलाएर बिरामीलाई पटनातर्फ लगेका थिए । बिरामीका साथ उनकी हजुरआमा पनि गएकी थिइन् । तर बाटोमै किशोरको मृत्यु भएपछि डाक्टर फरार भएको बताइएको छ ।

उक्त घटनाका सम्बन्धमा जानकारी पाएपछि प्रहरीले उक्त क्लिनिकमा छापा मारेको छ । फरार चिकित्सकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

https://www.aajtak.in/bihar/story/bihar-news-saran-boy-died-when-surgery-done-by-docter-after-watching-youtube-lclm-2034775-2024-09-08

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
2
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार