सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्‍यो : सांसद पन्त

२०८१ भाद्र २४, सोमबार

काठमाडौँ : सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद रघुजी पन्तले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने भन्ने सर्वोच्चको फैसलामा सहमत हुन नसकिने बताएका छन् । उनले सर्वोच्चको उक्त फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गरेको पनि बताए ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समय बोल्दै उनले यो निर्णयमाथि सरकार भ्याकेटमा तत्काल जानुपर्ने धारणा राखे । ‘भ्याकेटमा जान नेपाल सरकारले तत्काल पाइला चाल्नुपर्दछ‚’ उनले भने‚ ‘यो फैसला गर्दा बागमती संस्कृतिप्रति सम्माननीय सर्वोच्च अदालतको ध्यान गएको पाइँदैन।’

सांसद पन्तले उपत्यकाको मन्दिर र चिहान नदी किनारमा भएको भन्दै बागमती संस्कृति जोगाउने गरी सर्वोच्च अदालतले गर्ने फैसला मात्र स्वीकार गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार