
सुर्खेत : रुकुममा बाढीले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका—६ र ७ को सिमानामा रहेको रम्बाखोलामा गएराति आएको बाढीले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की ३३ निर्मला थापा केसी रहेका छन् ।
आइतबार राती साखबाट कानियाँगाउँ तर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।