काठमाडौँ : पूर्व उपसभामुख चित्रलेखा यादव अष्टेलियाका लागि राजदूतमा सिफारिस भएकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यादवलाई अष्टेलियाका लागि राजदूतमा सिफारिस गरेको हो । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकै नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उक्त ठाउँ रिक्त थियो।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले यादवलाई नियुक्ति दिनेछन्।