धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघ्यो

२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ : धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघेको छ ।

सहरी विकास भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाईले मंगलबारसम्म धरहरा चढ्नेको सङ्ख्या एक लाख ६ हजार ४९० जना पुगेको जनाएको छ ।  सहरी विकास मन्त्रालयले गत असोज ३ गते धरहरा सञ्चालनमा ल्याएको थियो । प्रतिकूल मौसमका कारण आवतजावतमा कठिनाइ भएकाले आइतबार धरहरा प्रवेश बन्द गरिएको थियो । आइतबारको लागि टिकट बुकिङ गरेका ग्राहकलाई अर्को मितिमा धरहरा चढ्ने व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

दैनिक ६०० बढी महिला र ४०० बढी पुरुष गरी एक हजारभन्दा बढी नागरिकले धरहरा चढ्न दिइने व्यवस्था रहेको छ। यस्तै धरहराको टिकट आगामी असोज २२ गत अर्थात् एक सातासम्मका लागि बुकिङ भइसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार