सपरिवार भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, ‘रेडकार्पेट’ सहित स्वागत

२०८१ आश्विन १७, बिहीबार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पाँच सदस्यीय टोलीसहित भुटानका लागि पुगेका छन् ।

 

निजी भ्रमणका लागि आज (बिहीबार) घटस्थापनाका दिन भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन् । जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर ‘रेड कार्पेट’ मा स्वागत गरेकी छन् । पूर्वराजा शाहको टोलीमा छोरी प्रेरणा, भतिजी शिताष्मा र पारिवारिक सदस्य राजु सिंह सामेल छन् ।

पूर्व राजा शाहले यो भ्रमणलाई निजी भनिए पनि यसलाई राजनीतिक भ्रमणका रुपमा हेरिएको छ । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुङको निम्तामा उनी त्यहाँ गएको स्रोतले जानकारी दिएको छ । कतिपयले यो भ्रमणलाई भारतीय संस्थापनले भुटानी राजामार्फत आफ्नो सन्देश दिन खोजेको भन्ने अर्थमा पनि टिप्पणी गरिरहेका छन् । भुटानी राजा भारतकै निकट भएर शासन चलाइरहेको मानिन्छ ।

पूर्वराजा शाहले त्यहाँ भुटानका राजा र अन्य उच्च पदस्थ पदाधिकारीसँग भेट्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार