सरकार ढाल्ने निर्णय भएकै दिन मलाई जेल हाल्ने सम्झौता गरियो : रवि लामिछाने

२०८१ कार्तिक २, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो सरकार ढाल्ने सहमति भएकै दिन आफूलाई पक्राउ गर्ने सम्झौता भएको दाबी गरेका छन्।

पार्टी कार्यालयबाट पक्राउ पर्नुअघि कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो बताएका हुन्। ‘म सरकारको बाध्यता बुझ्छु। मलाई थाहा छ– जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यसै दिन रविलाई जसरी भए पनि हामी जेल कोच्छौँ, चिन्ता नगर्नुस् भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मलाई छ,’ उनले भने।

व्यक्तिका रूपमा आफूले धेरै कुरा पाइसकेकाले पक्राउ पर्नुमा चिन्ता नभएको भन्दै उनले सरकार टिकाउनकै लागि मात्र आफूहरूले सम्झौता नगरेको दाबी गरे। उनले भने, ‘आमनेपाली नागरिकले सबै कुरा देखेकै छन्, बुझेकै छन्। म यति एउटा कुराचाहिँ भन्न चाहन्छु, यदि उनीहरूले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला। हामीले यो अप्ठ्यारो महसुस गर्नुपर्ने थिएन। तर, हामीले कुनै पनि सम्झौता गरेनौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार