काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ६५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ कायम भएकोमा आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँ कायम भएको छ ।