४७ अंकले घट्यो नेप्से

२०८१ कार्तिक ४, आईतवार

काठमाडौँ : सेयरबजार परिसूचक नेप्से आज ४७.४४ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार उक्त अंकले घटेर नेप्से २६९७.९१ विन्दुमा आइपुगेको हो।

योसँगै बजारमा आज २ करोड कित्ता सेयर बिक्रीमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १८ वटा कम्पनीका लगानीकर्ताले मात्र कमाएको दिन आज २२६ कम्पनीको सेयर मूल्य ओर्लिनपुगेको छ।

साताको पहिलो कारोबार दिन कुथेली बुखारी हाइड्रोका लगानीकर्ताले २०९.९० रुपैयाँ अर्थात् १० प्रतिशत आम्दानी गरेका छन्।

त्यसैगरी ङादी ग्रुप पावरका लगानीकर्ताले ४७ (९.८९ प्रतिशत), हिमालयन लघुवित्तका सेयरधनीले ५९ (५.९२ प्रतिशत) रुपैयाँ आम्दानी गरेको नेप्सेले जनाएको छ। आइतबार इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशत अर्थात् ९७.३० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका नेप्सेले जनाएको छ।

यसबाहेक गुडविल फाइनान्सको सेयर पनि ८.४१ प्रतिशतले घटेको छ। कारोबारमा आज गुडविल फाइनान्सकै सबैभन्दा धेरै अर्थात् ४५ करोड ७ लाखको सेयर किनबेच भएको छ। यसबाहेक कुमारी बैंकको ३७ करोड, हिमालयन रि इन्स्योरेन्सको २६ करोडको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार