‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली र प्रभास

२०८१ कार्तिक ४, आईतवार

काठमाडौं : ‘बाहुबली’ को सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो शृंखला निर्माण गर्ने तयारीमा छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दुई संस्करणको जस्तै यस फिल्मको मुख्य भूमिकामा प्रभास हुनेछन्।

यस कुराको खुलासा फिल्म ‘कंगुवा’ का निर्माता ज्ञानवेल राजाले गरेका हुन्। उनी सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ को तमिल वितरक थिए।

‘बाहुबली ३ को योजना भइरहेको छ। मैले पछिल्लो साता फिल्मकर्मीसँग कुराकानी गर्दा थाहा पाएको हुँ। उनले बाहुबली १ पछि २ बनाइहाले। तर अब लामो समयपछि बाहुबली ३ बनाउने योजना बनाएका छन्,’ उनले भने।

‘बाहुबली’ को दुवै शृंखलाले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। प्रभासको फिल्म ‘बाहुबली’ ले दिनमा हजार करोड भारू कमाएको रेकर्ड राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार