सरकारले साना दल फुटाउन विधेयक ल्याए स्वीकार्य हुँदैन : शेखर कोइराला

२०८१ कार्तिक ४, आईतवार

मोरङ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले दल फुटाउने अध्यादेश ल्याएर स्वीकार नहुने बताएका छन् ।

गृहनगर विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले एमालेले केही साना दललाई टुक्राउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाए । उनले भने, ‘केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको छ। यसैको लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ ।’

दल फुटाउने अध्यादेश ल्याउँद देशमा अस्थिरता हुने नेता कोइरालाले बताए । उनले भने, ‘ एमालेले स्थायित्वका लागि भने पनि यो ऐन ल्याउदाँ झन अस्थिरता हुने देखिन्छ । धेरै प्रतिशत राखिँदा दलहरु कम हुन्छन् । साना पार्टी पनि अन्यमा मिसिने छन्। कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ । ’

संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको उनको दाबी छ । एमालेले ल्याउन प्रयास गरिरहेको दलसम्बन्धी ऐन कुनै पनि हालतमा हाम्रो मुलुकको स्थिरताका लागि लाभदायक छैन’, उनले भने, ‘सरकारले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि गठबन्धन भएको हो। तर, दलसम्बन्धी विधेयकले कतै प्रश्नचिन्ह खडा गरिदिएको छ।’

जुन सोचका लागि सरकार अघि बढ्नुपर्ने त्यसअनुरुप हिँड्न नसकेको उनको भनाइ थियो । साथै उनले कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार