ओली र देउवाबीच दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल

२०८१ कार्तिक ४, आईतवार

काठमाडाैं : एमाले सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भइरहेको हो।

एमाले स्रोतका अनुसार आज बसेको सचिवालय बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनका लागि म्यान्डेट लिएका छन्। सोही अनुसार ओलीले छलफलका लागि देउवालाई बोलाएको स्रोतको भनाइ छ ।  देउवासँग वार्ता गर्नकै लागि उनले सचिवालय बैठक समेत छोट्टाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार