अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

२०८१ कार्तिक ५, सोमबार

काठमाडौं : तेस्रो तथा अन्तिम टी-२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ ।

डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार