काठमाडौँ : नेपालमा ‘पोस्ट मनसुन’ सिजन चलिरहँदा देशभर क्रमशः तापक्रम ओरालो लागिरहेको छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने भएकाले पनि देशभरको मौसम चिसोतर्फ ढल्किँदै गएको हो। यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (कात्तिक ५ गते) १४ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ८४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियसमा झरेको हो। यसैगरी आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ३.६ डिग्री सेल्सियस मापन भएको छ। आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ धनगढीमा ३४ डिग्री सेल्सियस छ।
हेर्नुहोस् देशका विभिन्न स्थानमा आजको न्यूनतम तापक्रम र हिजोको अधिकतम तापक्रम विवरण
यही असोज २६ (अक्टोबर १२) का दिन नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको हो। नोभेम्बरसम्म रहने यो सिजन सुरु भएपछि मुलुकमा वर्षा कम भएको छ भने चिसो बढ्दै गएको छ।