काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर २ हजार ९५ रूपैयाँ कायम भएको छ ।