काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार १५ रूपैयाँ कायम भएको छ ।