काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ६२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १ हजार ९४० रूपैयाँ कायम भएको छ ।