
काठमाडौँ : काठमाडौँमा एक महिलाले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ घर भई हाल काठमाडौँको बौद्ध नारायणटारमा डेरा गरी बस्ने ३८ वर्षीया कमला आचार्यले आज दिउँसो आफ्नो जिउमा आफैँले आगो लगाएकी हुन्।
आज दिउँसो काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ किराँतचोकनजिक बागमती नदीको किनारस्थित खाली जमिनमा जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको एसपी अधिकारीले बताए।
उनको उपचार शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।