काठमाडौंलाई अझ समृद्ध र बस्न योग्य बनाउँछौं : मेयर शाह

२०८१ मंसिर २९, शनिबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न योग्य महानगर निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्।

उनले महानगरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। तीसौँ महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले महानगरवासीलाई उत्कृष्ट सेवा दिन निरन्तर खटिरहेका सफाइकर्मी, महानगर प्रहरी, विभागीय प्रमुख, कर्मचारी, र सांस्कृतिक झाँकी प्रस्तुत गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

मेयर शाहले काठमाडौंलाई सांस्कृतिक, कलात्मक, र संगीतले भरिपूर्ण सहरका रूपमा परिभाषित गर्दै अझ सुसंस्कृत, समृद्ध र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार