बर्दियामा चितुवाको आक्रमणमा परी ६ जना घाइते

२०८१ मंसिर २९, शनिबार

गुलरिया : बर्दियामा चितुवाको आक्रमणमा परी ६ जना घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका-४ खैलारमा अवस्थित बबई सामुदायिक वनको नर्सरी सरसफाई तथा फँडानी गर्ने क्रममा उनीहरूलाई चितुवाले आक्रमण गरेको हो।

चितुवाको आक्रमणमा परी सोही वडा निवासी ५० वर्षीया झुत्री थारु, २७ वर्षीय गणेश मल्ल, ३१ वर्षीय वीर बहादुर थारु, २९ वर्षीय उमेश थापा, ५७ वर्षीय हरी लम्साल र १८ वर्षीय सुदीप थारु घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताए।

आक्रमणका ५ जना घाइतेको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि बाँकेको नेपालगन्ज पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार