माओवादी अब ०६४ कै जस्तै पहिलो शक्ति बन्छ : प्रचण्ड

२०८१ मंसिर २९, शनिबार

रुपन्देही : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब २०६४ सालको जस्तै पहिलो शक्ति बनेर आउने दाबी गरेका छन्।

दुई पार्टी एकता तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सिद्धियो भन्नेलाई आगामी निर्वाचनबाट ०६४ कै अवस्थामा पुर्याएर देखाइदिने उद्घोष गरे।

प्रचण्डले भने, ‘माओवादी र प्रचण्डपथ सिद्धियो भन्नेलाई आउँदो २०८४ को निर्वाचनबाट देखाइदिने छौँ, आउदो निर्वाचनमा माओवादी २०६४ कै अवस्थामा फर्किने छ’, उनले थपे, ‘माओवादी सिद्धियो भन्नेलाई उप–चुनावले संकेत देखाइसकेको छ, विगतमा भएका केही त्रुटिलाई आत्मसमीक्षा र सुधार गर्दै नयाँ प्रतिबद्धताका साथ गुणात्मक फड्को मार्ने गरी हामी जनतातिर फर्किन्छौ।’

अहिलेको सरकार अप्राकृतिक र अध्यारो कोठाबाट बनेको बताउँदै यो सरकारको काम भ्रष्टचारीलाई बचाउने र राम्रो गर्नेलाई सताउने रहेको उनको भनाइ थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार