प्रधानमन्त्रीसँगको असहमतिले अर्थमन्त्रीद्वारा राजीनामा

२०८१ पुष २, मंगलवार

काठमाडौँ : क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोलाई राजीनामा पत्र बुझाएकी हुन्।

राजीनामापत्र उनले सामाजिक सञ्जालमा पनि साझा गरेकी छन्। पत्रमा उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, सरकारमा सेवा गर्नु, क्यानडा र क्यानाडाली जनताको लागि काम गर्नु मेरो जीवनको सम्मान हो। सँगै मिलेर हामीले धेरै उपलब्धि हासिल गरेका छौं।’ उनले अगाडि भनेकी छिन्, ‘शुक्रबार तपाईंले मलाई अब अर्थमन्त्री बनाउन नचाहेको बताउनुभयो, मलाई मन्त्रिपरिषद्मा अर्को पद प्रस्ताव गर्नुभयो, धेरै सोचविचारपछि म मन्त्रिपरिषद्बाट राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पुगेको छु। यो मात्र इमान्दार कदम हो।’

विगत केही सातादेखि प्रधानमन्त्री ट्रुडोसँग क्यानडाको भविष्यलाई लिएर असहमति रहँदै आएको कुरा पनि उनले उल्लेख गरेकी छिन्।

उनले भनेकी छिन्, ‘आज हाम्रो देश गम्भीर चुनौतीको सामना गरिरहेको छ। अमेरिकामा अब आउने प्रशासन (डोनाल्ड ट्रम्प) ले आक्रामक आर्थिक राष्ट्रवादको नीति अपनाइरहेको छ। २५ प्रतिशत ट्यारिफ (भन्सार कर) को धम्कीसहित त्यो धम्कीलाई गम्भीरताका साथ लिन आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार