काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य–सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मतजङ्ग कार्की (स्याङ्जा) र सुश्री स्वाती थापा (रूपन्देही) लाई मनोनयन गरेका छन् ।
पार्टीले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन पार्टी अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति गठन पनि गरेको छ । यसैबीच, पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौँ केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
बैठकमा पार्टी सङ्गठन तथा भावी योजनाबारे छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले बताए ।