
काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय १० रूपैयाँ कायम भएको छ ।