एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

२०८१ पुष २५, बिहीबार

काठमाडौं : एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीलगायतको उपस्थितिमा बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार