दयाहाङको ‘कार्साङ’ र रामचरणको ‘गेम चेन्जर’ लागे हलमा

२०८१ पुष २६, शुक्रबार

काठमाडौं : दयाहाङ राई स्टारर सोसल ड्रामा ‘कार्साङ’ र रामचरण अभिनित दक्षिण भारतीय पोलिटिकल ड्रामा ‘गेम चेन्जर’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएका छन् ।

‘कार्साङ’ अभिनेता दयाहाङको ६ महिनापछिको रिलिज हो । याम शेर्पा निर्देशित यस फिल्मले यार्सा नामक सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको कथा भन्छ । आर्थिक विपन्नतासँग जुधिरहेको उक्त पात्रले कसरी समाज र परिवारका असमानतासँग संघर्ष गर्छ भन्ने कथावस्तु यसमा समावेश छ ।

दयाहाङसहित जितु नेपाल, सिर्जना निङलेखु र दीया मास्केको यसमा शीर्ष भूमिका छ । यो फिल्मको रनटाइम १२६ मिनेट र सर्टिफिकेट युनिभर्सल छ ।

दक्षिण भारतीय फिल्म ‘गेम चेन्जर’मा राम चरणको शीर्ष भूमिका छ । फिल्ममा उनले एक राजस्वका हाकिमको भूमिका निर्वाह गरेका छन् । कलेक्टरको रुपमा सपथ ग्रहण गरेपछि राम नामक मुख्य पात्रले तुरुन्तै गहिरो रुपमा गाँसिएको भ्रष्टाचार र बेथितिसँग सामना गर्नुपर्छ । यसका लागि उसले शक्तिशाली मन्त्रीसँग द्वन्द्व गर्नुपर्छ ।

एस शंकर निर्देशित फिल्ममा रामचरणसहित कियारा आडवाणी, अञ्जली र एस जे सूर्याको पनि अभिनय छ । १६६ मिनेट रनटाइमको फिल्मले पीजी सर्टिफिकेट प्राप्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार