लक्ष्मी लघुबित्तद्वारा मृतकको परिवारलाई नगद सहयोग

२०८१ पुष २६, शुक्रबार

बाँके : लक्ष्मी सनराइज बैकको सहायक कम्पनी लक्ष्मी लघुबित्त वित्तिय संस्था लिमिटेडले लघुवित्तका ऋणीको मृत्यु भएपछि ऋणीको परिवारलाई नगद सहयोग गरेको छ । संस्थाले सितापुर शाखा बाँकेमा आबद्ध सदस्य दिलसरा बि.क. को मृत्यु भएपछि उनको परिवारलाई नगद सहयोग गरेको हो ।

सदस्य वि.क. ले लघुवित्तबाट चार लाख ऋण लिएकी थिइन भने उनले मासिक रुपमा किस्ता समेत तिर्दै आएकी थिइन । लघुवित्तबाट चार लाख कर्जा लिएकी वि.क. को गत कार्तिक २५ गते कालगतीले मृत्यु भएपछि उनको परिवारलाई कर्जा मिनाहा गर्दै तीन लाख ७२ हजार चौसठ्ठी रुपैया लघुवित्तले नगद सहयोग गरेको हो ।

लघुवित्तले शाखा प्रमुख सागर जिसी सहित खजुरा गाउँपालिकाका वडा नं. २ का सदस्य लक्ष बहादुर वली सहितको टोलिले मृतक वि.क. कि बुहारी पुजा वि.क. लाई चेक हस्तान्तरण गरेको हो ।

समाजिक उत्तरदायित्वमा अग्रणी भुमिका खेल्दै आएको लघुवित्तले बचत, कर्जा, बिमा, रेमिटान्स, कर्जा सदुपयोगिता, मोबाईल एप एवम डिजिटल पासबुक लगाएतको कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार