भीरमा फसेका जर्मन नागरिकको उद्धार

२०८१ माघ ३, बिहीबार

सोलुखुम्बु : सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। सगरमाथा आधार शिविर भ्रमणगरी लुक्लातर्फ फर्कनेक्रममा बाटो भुलिएर खच्चड हिड्ने पुरानो बाटोबाट जाँदा चिप्लिएर करिब ५ देखि ६ मिटर तल झरी भीरमा अल्झिरहेको अवस्थामा उद्धार गरिएको हो ।

फाक्दिन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बहादुर खड्काको नेतृत्वमा गएको टोलीले स्थानीयहरु समेतको सहयोगमा विदेशी नागरिकलाई उद्वार गरेको हो । निज विदेशी नागरिक सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार