चर्चित अभिनेत्री बार्बीको निमोनियाबाट निधन

२०८१ माघ २१, सोमबार

काठमाडौँ : ताइवानी अभिनेत्री बार्बी ह्सु, जसलाई ‘बिग एस’ को नामले पनि चिनिन्थ्यो, निमोनियाका कारण निधन भएको छ। उनी ४८ वर्षकी थिइन्। बार्बी ह्सुको परिवारले सोमबार यस दुखद खबरको पुष्टि गरेको हो। उनी चिनियाँ नयाँ वर्षको अवसरमा आफ्नो परिवारसँग जापान घुम्न गएकी थिइन्। तर त्यहाँ पुगेपछि फ्लु भयाे, जसले निमोनिया भयाे।

बार्बी ह्सु सन् २००१ को लोकप्रिय टिभी नाटक ‘मेटियर गार्डेन’ मा अभिनय गरेर प्रख्यात भएकी थिइन्। उनकी बहिनी डी ह्सुले आफ्नो भावना प्रकट गर्दै भनेकी छिन्, ‘मेरो प्रिय र सबैभन्दा दयालु दिदी बार्बी ह्सुले निमोनियाबाट पीडित भएर हामीलाई छाडेकी छन्। म यस जीवनमा उनको बहिनी हुन पाएकोमा कृतज्ञ छु, हामीले एकअर्कालाई हुर्काएका थियौं, संगत गरेका थियौं। म सधैँ उनको मायाका लागि कृतज्ञ रहनेछु, उनलाई सधैँ सम्झिरहनेछु।’

अभिनेत्री ह्सुले दक्षिण कोरियाली गायक तथा डीजे कू जुन–युपसँग बिहे गरेकी थिइन्। उनका दुई सन्तान (एक छोरा र एक छोरी) छन्। उनको निधनले उनका प्रशंसकहरूलाई मात्र नभई सम्पूर्ण मनोरञ्जन क्षेत्रलाई पनि गहिरो पीडा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार