जिल्ला-जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ रवि लामिछाने ७७ वटै जिल्ला घुम्नुहुन्छ: सांसद विनिता

२०८१ माघ २५, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतले सरकार सहकारी पीडितको रकम फिर्ता गर्न छाडेर व्यक्ति-विशेषलाई दु:ख दिने काममा लागेको बताएकी छन्।

शुक्रबार (आज) जारी संसद् बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘सरकार पीडितहरूलाई न्याय दिनेभन्दा पनि रवि लामिछानेमाथि प्रतिशोध साँध्ने काममा लागेको छ। दु:ख दिन जिल्ला जिल्ला पुर्‍याएको छ। पीडितहरूको ३ अर्ब खै ?’

अगाडि उनले भनिन्, ‘पीडितको रकम फिर्ता हुन्छ भने ४/५ जिल्ला मात्रै होइन, रवि लामिछाने ७७ जिल्ला घुम्नुहुन्छ।’ उनले रवि सकाएपछि रास्वपा सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनीसमेत दिइन्। ‘रवि लामिछाने सकिएपछि रास्वपा सकिन्छ भन्ने कल्पना नगर्नुस्। यहाँ रवि लामिछाने जस्तै १०० जना संसद् पस्न तयार छन्,’उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार