हमासले आज थप ३ बन्धक छाड्दै, फेरि पनि परेनन् विपिन जोशी

२०८१ माघ २६, शनिबार

काठमाडौं : इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत हमासले आज थप तीन बन्धकलाई मुक्त गर्दै छ।

सट्टामा इजरायलले पनि आज १८३ कैदी प्यालेस्टिनी कैदी रिहा गर्ने हमासले बताएको छ। हमासले आज छाड्ने ३ बन्धकको नाम सार्वजनिक गरेको छ। जसमा तीनै जना पुरुष हुन्। उनीहरू ओहद बेन अमी, एली शाराबी र ओर लेवी हुन्। योसँगै नेपाली विद्यार्थी विपिन जोशी यसपटक पनि छाडिनेको सूचीमा पर्न सकेनन्।

जनवरी १९ मा युद्धविराम भएयता हमासले यसअघि १८ जना बन्धक छाडेको छ भने बदलामा इजरायलले ३८३ कैदीलाई रिहा गरिसकेको छ।युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ३३ बन्धक र १९०० कैदीलाई रिहा गरिने छ। इजरायलले ३३ बन्धकमध्ये ८ जनाको भने मृत्यु भइसकेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार