विद्यालयबाट घर फर्किदै गर्दा भीरबाट लडेर प्रधानाध्यापकको मृत्यु

२०८१ माघ २६, शनिबार

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–६ मा भीरबाट लडेर एक प्रधानाध्यापकको मृत्यु गएको छ।

भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको शुक्रबार भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ । मार्मा गाउँपालिका–२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भीरबाट करिब ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार