५३०० रूपैयाँले बढ्यो सुनको मूल्य

२०८१ माघ २६, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८ सय रूपैयाँ कायम भएको थियो। सोमबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहि १ लाख ६२ हजार ८ सय रूपैयाँमा नै कारोबार भयो।

मंगलबार सुनको मूल्य १ हजार ९ सय रूपैयाँले बढेर १ लाख ६४ हजार ७ सय रूपैयाँ कायम भएको थियो। बुधबार फेरि छापावाल सुनको मूल्य प्रतितोला २२ सय रूपैयाँले बढेर १ लाख ६६ हजार ९ सय रूपैयाँ कायम भयो।

बिहिबार छापावाल सुनको मूल्य फेरि १६ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५ सय रूपैयाँ कायम भएकोमा शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेर १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएको छ।

यो साता सुनको मूल्य समग्रमा ५३०० रुपैयाँको वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2

ताजा समाचार