धेरै नेता भएर विकास भएन, भिजन र भाषण फरक कुरा हो : हर्क साम्पाङ

२०८१ माघ २६, शनिबार

काठमाडौं : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ आफ्नो बयानलाई लिएर चर्चामा रहने गरेका छन्। सामाजिक सञ्जालमा उनले दिने बयान बहसको विषय बन्ने गरेको छ। शनिबार एकपछि अर्को गर्दै उनले स्टाटस राखे।

उनले लेखेका छन्, ‘धेरै नेता भएर विकास नभएको कुरा बुझ्नलाई निक्कै समय लाग्नेछ। भिजन र भाषण फरक कुरा हो। भिजन नभएको भाषण मात्रै गर्नेहरूले देश डुबाए। आज पनि निक्कै ठाउँमा भाषण हुनेछ। म चाहिँ लागेँ पाइपतान्न। हेरौँ उपलब्धि भाषणले गर्दो रैछ कि पाइप तानाइले।’

त्यसअघि उनले अधिकांश नेपालीलाई देशको चिन्ता नभएको भन्दै अर्को पोस्ट गरेका थिए। उनले भनेका छन्, ‘३० प्रतिशत नेपालीलाई देश नबनोस् भन्ने लाग्दो रैछ। ६९ प्रतिशत नेपालीलाई देश बने पनि भो नबने पनि भो। बालै फररर भन्ने लाग्दो रैछ। एक प्रतिशत नेपालीलाई चाहिँ जसरी भए पनि देश बन्नै पर्छ भन्ने लाग्दो रैछ। हो त्यही एक प्रतिशत नेपालीलाई लिएर म श्रमदान गर्दैछु।’ उनले आफूविरुद्ध राज्य नै लागेको आरोप पनि लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार