चेल्सी एफए कपबाट बाहिरियो

२०८१ माघ २७, आईतवार

काठमाडौं : इंग्लिस टीम चेल्सी एफए कपबाट बाहिरिएको छ । ब्राइटनसँग २–१ स्तब्ध चेल्सी एफए कपको पाँचौं चरणमा स्थान बनाउन असफल रहेको हो ।

जापानी विंगर काओरु मितोमाको निर्णायक गोलसँगै ब्राइटनले भने एफए कपको पाँचौं चरणमा स्थान सुरक्षित गरेको छ ।ब्राइटनका गोलकिपर बार्ट फरब्रुग्गनले खेलको पाँचौं मिनेटमा कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा आत्मघाती गोल खान पुगेका थिए । तर, चेल्सीले उक्त अग्रता सात मिनेटभन्दा बढी कायम राख्न सकेनजर्जिनियो रुटरले हेडरमार्फत् गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

पामरले पहिलो हाफमै पुनः अग्रता दिलाउन राम्रो अवसर पाएका थिए । तर, उनी चुक्दा ब्राइटनले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार