नयाँ शक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि

२०८१ माघ २७, आईतवार

काठमाडौं : डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । महाधिवेश नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

२९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।
महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका संयोजक हिसिला यमीले प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार