सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले वृद्धि

२०८१ माघ २८, सोमबार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ करोड ९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा १२ करोड ३६ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी उल्लेख्य बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब १८ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी पहिले ६ रुपैयाँ ६० पैसा रहेकोमा अहिले ११ रुपैयाँ ७३ पैसा छ । प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ । कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार