सक्रिय भए महरा, विप्लवसँग एकता हुने दाबी

२०८१ माघ २९, मंगलवार

दाङ : नेकपा (माओवादी केन्द्र) कृष्णबहादुर महराले विप्लव नेतृत्व नेकपासँग छिट्टै पार्टी एकता हुने दाबी गरेका छन् । दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै महराले विप्लव नेतृत्वको नेकपासँग एकताको लागि पहल भएको भन्दै ढिलै भएपनि एकता हुने दाबी गरेका हुन् ।

उनले भने,‘अलि ढिलो होला, तर हामी र विप्लवजी एक ठाउँमा हुन्छौं ।’ लामो समय निश्क्रिय भएर बसेका महरा एकाएक राजनीतिमा सक्रिय हुन थालेका छन् ।

पछिल्लो कार्यविभाजनअनुसार महरालाई जबस–मोर्चा तथा प्रतिष्ठान समूहतर्फ प्रतिष्ठान समन्वय संयोजक बनाइएको छ। उनी राज्य व्यवस्था मामिला संयोजक पनि छन्। संगठन विभागको नेतृत्वमा भने जनार्दन शर्मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार