थाईल्याण्डको राजदूतमा वली नियुक्त

२०८१ माघ २९, मंगलवार

काठमाडौं : राष्‍ट्रपति रामचन्द्र पौडेलले थाईल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धन बहादुर वलीलाई नियुक्त गरेका छन् । संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई थाईल्याण्डको आवसीय राजदूत र जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा थाईल्याण्डका लागि नेपालको आवासीय राजदूत श्री धन बहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ,’– राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार